२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी भएका छन् ।

झण्डै दुई सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको उच्चस्तरीय सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङ सहभागी भएका हुन् ।

सप्ताहव्यापी रूपमा हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा सञ्चार मन्त्री गुरुङ यही असार २१ गते शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सूचना प्रविधि क्षेत्रमा भएको चमत्कारिक विकास, नयाँ अवधारणा, विकसित घटनाक्रम र विश्व परिवेशलाई बुझ्न उक्त सम्मेलन फलदायी हुने सञ्चार मन्त्री गुरुङका सूचना प्रविधिसम्बन्धी सल्लाहकार डा. सालीग्राम पराजुलीले बताए ।

सम्मेलनका क्रममा ‘रोबोटिक्स फर गुड युथ च्यालेञ्ज २०२५ र डिजास्टर रेस्पोन्स एण्ड सिजिलियन्स थिम’मा हुने कार्यक्रम सत्रमा समेत सञ्चार मन्त्री गुरुङ सहभागी हुनुहुने छ । ती कार्यक्रमहरूमा सूचना प्रविधिसम्बद्ध ६० देशका विभिन्न टोलीको प्रस्तुति रहने डा पराजुलीले जानकारी दिए ।

नेपालबाट ‘टिम सगरमाथा’ र ‘टिम गौतमबुद्ध’ले प्रतिनिधित्व गर्दै विपद् व्यवस्थापनमा रोबोटिक प्रयोगमार्फत देशको नवप्रवर्तन क्षमतासँग सम्बन्धित भइ विश्वमाझ आआफ्नो प्रस्तुति प्रस्तुत गर्नुहुने पनि सल्लाहकार पराजुलीले बताए ।