२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन् : आफ्नो भूमिकाको ज्ञान भयो

अ+ अ-

टीकापुर (कैलाली) । टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे अवगत भएको बताएका छन् । 

बेलाबेलामा प्राप्त हुने प्रशिक्षणबाट आफूहरूले आर्थिक, राजस्व, वन वातावरण र शिक्षा समितिका काम, कर्तव्य र भूमिकाबारे सिक्ने अवसर पाएको उनीहरूको कथन छ । 

प्रशिक्षणले कार्यपालिकाको बैठकमा आफूहरूलाई विचार व्यक्त गर्न सहज भएको अनुभव उनीहरू बताउँछन् । तालिम र अवसर नपाउँदा  विगतमा  कुरा  राख्न सक्ने क्षमता नभएको उनीहरूको भनाइ छ । “तालिम र अध्ययनपछि कार्यपालिका बैठकमा हामीलाई बेवास्ता गर्ने अवस्था छैन”, टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रुपमति डगौराले भनिन्, “कुरा कम सुनिए पनि क्षमता विकास भएको छ । हामीले आफ्नो अधिकार र कर्तव्य बुझेका छौँ ।”

रुपमतिमात्र होइन कार्यपालिकाका अन्य महिला सदस्यले पनि यस्तै महसुस गरेको बताएका छन् । कार्यपालिकाको बैठकमा मात्र होइन समुदायमा पनि अधिकार र कर्तव्यका बारेमा उनीहरूले विचार राख्न थालेका छन् । “हामी हरेक अधिकारबारे सचेत भएका छौँ, महिलाका समस्या अझ राम्ररी बुझेका छौँ”, अर्की कार्यपालिका सदस्य लवरी चौधरीले भनिन्, “हामी लैङ्गिक हिंसा न्यूनीकरणका सवालमा पालिका होस् या समुदायमा गम्भीर भएर काम गरिरहेका छौँ ।”

महिला सदस्यहरूले पालिकाको न्यायिक व्यवस्थालाई बुझेर सामाजिक विवादको निरूपण मेलमिलाप केन्द्रबाट गर्न सुझाउने गरेका छन् । यसरी क्षमता विकास भएपछि देखिएको परिवर्तनलाई समाजले पनि स्वीकार गर्न थालेको छ । त्यसैले वडामा पालिकाले प्रदान गर्ने सेवा र व्यवस्थाका बारेमा कुरा बुझ्न समुदायका नागरिक घरमै आउने गरेको उनीहरू बताउँछन् ।

कार्यपालिका सदस्य सरस्वती तिरुवा जनप्रतिनिधि हुनुअघि गृहिणीको भूमिकामा थिइन्। उनले भनिन्, “२०७९ मा निर्वाचन जितेपछि सुरुमा आफ्नो परिचय दिन संकोच हुन्थ्यो विभिन्न समयमा प्राप्त क्षमता विकास तालिमले त्यो संकोच हटाएको छ ।”

कार्यपालिका सदस्य रुपमति डगौराको यो दोस्रो कार्यकाल हो । अघिल्लो कार्यकालमा वडा सदस्यमात्र रहेकी रुपमति अहिले कार्यपालिका सदस्य भएर काम गरिरहेकी छन्। “अघिल्लो कार्यकालमा खासै क्षमता विकास भएको थिएन”, उनले भनिन्, “यसपटक जनजाति महिलालाई पनि क्षमता विकास चाहिन्छ भनेपछि हामीले पनि तालिमको अवसर पायौँ ।”

अर्की कार्यपालिका सदस्य राजारानी चौधरी पालिकामा दिइएका तालिमले आफ्नो क्षमता विकास भएको बताउछिन् । समस्या पहिचान गरी सम्बन्धित ठाउँमा आवाज उठाउन आफू सक्षम भएको उनी बताउछिन् ।  

वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरी दलित, जनजाति जनप्रतिनिधि महिला सक्षम बन्दै गएको ठान्नुहुन्छ । “ उहाँहरू नियम कानुनबारे जानकार हुनुहुन्थ्यो  अब अध्ययन तथा सम्बन्धित विषयमा जानकारी लिन थाल्नुभएको छ”, उनले भने, “उहाँहरूको हरेक कार्यमा सहभागिता वृद्धि भएको छ । कार्यपालिका बैठक, कार्यक्रम, नगरसभामा सहभागीमात्र होइन, छलफलमा पनि भाग लिनुहुन्छ र सबैका अधिकारबारे आवाज उठाउन थाल्नुभएको छ ।”