२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान रोप्न नपाएपछि महोत्तरीका किसान चिन्तित

अ+ अ-

 महोत्तरी । समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै महोत्तरीका किसानले चिन्ता व्यक्त गरेका छन् । असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन् ।

‘आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल’ (अब धान रोप्न पाइन्न क्या र १ असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा–४ थारू टोलकी रामसुनरदेवी चौधरीले भनिन्, ‘यी कोन समय आयल, किछ नई बुझाइय”(यो कस्तो समय आयो, केही बुझ्न सकिएन ।)

धान लगाउन नपाएपछि महोत्तरीका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला ?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन् ।

‘सुनैछी कतेको जग रोपनी भगेल, मुदा अपन त एको गब नई लागल’ (सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आफूले त एक गब पनि रोप्न पाइएको छैन) भङ्गाहा–४ टोकाहाका राजकुमार दासले भने, ‘बारिसको कोनो लक्षणकरम नई दिखाइय’ (पानी पर्ने त कुनै लक्षण नै देखिँदैन ।)

लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आफूहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन् । ‘अब पानी परिहाले पनि बीउ अपूग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ”, बर्दिबास–९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भने, ‘यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ ।’

धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन । “असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छौं,’ बर्दिबास–६ कृष्णपुरका बलराम कार्कीले भने, ‘खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम।’ असार पनि घर्किँनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उनले बताए ।

पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन् । असार २२ सम्म पानी नपर्दा यहाँका किसानले धानको गबो सम्म लगाउन पाएका छैनन्। ‘पानी पर्न सकेन, धानको गबो लाउन नि पाइएको छैन’, बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतोले भने, ‘यसपाली परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ ।’

महोत्तरीसहित मधेशमा सामान्यतया जेठ २२ (जेठ तेस्रो साता) भित्र ब्याड राखीसक्ने, असार तेस्रो साताभित्र शाही रोप (बीउ रोप) सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ । यसपालि अधिकांशले लाग्दो असारको छिटफुटे वर्षामा बीउ राखेका हुन् ।

असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छौं- बलराम कार्की,किसान महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टरमा धानखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरले जनाएको छ ।

‘यसपाली पानी नपरेकाले सिँचाइ अभावले समयमा धानको ब्याड राख्न नसकेपछि अहिलेसम्म रोपाइँ भएको छैन’, कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने, ‘यसपालि धान रोपाइँ पछि पर्ने छाँट छ।’ मुस्किलले जिल्लामा पूगरनपूग तीन–चार प्रतिशत मात्र रोपाइँ भएको उनले जानकारी दिए ।

‘जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलोको पानी लाग्नेगरी सिँञ्चित छ । यसपालि लामो खडेरीले कुलो चल्ने पानीका स्रोतका मुहान सुकेका छन् । राम्ररी पानी नपरेसम्म मुहान नरसाउने हुँदा यस्ता जग्गामा पनि रोपाइँ हुन सकेको छैन’, यादवले भने ।

तीनै तहका सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिको चर्चा भए पनि उपलब्धिमूलक रूपमा कार्यान्वयन नभएको किसानको गुनासो छ । वास्तविक किसानले पाउने सहुलियत वास्तविक किसानसम्म नपुगेपछि निराशा बढेको भङ्गाहा–६ का राजकिशोर यादवले बताए ।

सही समयमा पानी नपर्नुका प्राकृतिक कारण भए पनि अधिकांश मानव सिर्जित रहेका वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंहले बताए । ‘धेरै असर विश्वव्यापी जलवायु परिवर्तनको हो। अनि स्थानीय कारणमा चुरे पहाड र नदी क्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु, वन मासिँदै जानुले सन्तुलित वर्षा हुन छाडेको छ’, उनले भने ।