२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकारकर्मी जोशीको पुस्तक लोकार्पण

अ+ अ-

काठमाडौँ । महिला अधिकार र लैंगीक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ आज एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताए । ललितपुरमा सम्पन्न विमोचन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा, नेपालका लागि पाकिस्तानी राजदूत एचइ अब्रार एच हासमीलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए । 

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तक लोकार्पणमा शिक्षाविद् केदारभक्त माथेमाले आफ्नी सहपाठी जोशीको खुलेर प्रशंसा गरे । “जीवनका  कठिन अवस्थामा निडर रही एक विद्रोही नारीको भूमिका उहाँले निर्वाह गर्नुभयो र उहाँले जीवनमा आज यो सफलता प्राप्त गर्नुभएको हो”, माथेमाले भने ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले नेपालमा मात्रै नभएर संसारभरका नारीका लागि चाँदनी जोशी प्रेरक रहेको बताए । कार्यक्रममा मन्त्री भण्डारीले यो देशमा कहिल्यै केही भएन, केही गर्न सकिएन भन्ने भाष्यलाई चिर्ने नारी चाँदनी जोशी भएको उल्लेख गरे । 

पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले महिला अधिकारका क्षेत्रमा उनको भूमिका उल्लेखनीय रहेको बताए । मानवाधिकारकर्मी चरण प्रसाईँले चाँदनी जोशीले गरेको कार्य कुनै अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको भन्दा उच्च रहेको भन्दै सबैलाई उहाँबाट प्रेरणा लिन आग्रह गरे ।

सानैमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौँ आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको सुरुवात गरेकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष बिताएकी छन् ।