काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बैंकिंग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
काठमाडौँ तार्केश्वर बस्ने ३६ वर्षीय सबिन महर्जन १ करोड ५७ लाख रुपैयाँ बराबरको बैंकिंग कसुरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट बैंकिंग कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई सकेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौँ पठाइएको प्रहरीले बताएको छ । उनीविरूद्ध बैंकिंग कसुर मुद्दामा नौ लाख असी हजार रुपैंया बिगो बाँकी छ।
महर्जनको विरुद्धमा अनुसन्धान गर्ने क्रममा पहिला नै दुई वटा बैंकिंग कसुर मुद्दा परिसकेको खुल्न आएको छ । २०८१ साल असोज ९ गते प्रहरी वृत्त थानकोट काठमाडौँमा १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिंग कसुर गरेको मुद्दा दर्ता भएको थियो, भने सोही सालको कात्तिक २७ गते प्रहरी वृत्त बालाजु काठमाडौँमा ७ लाख रुपैयाँ बराबरको बैंकिंग कसुर मुद्दा दर्ता भएको थियो ।







