२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजसंस्थाको पक्षमा नसोचेको माहोल आउँदै छ, यसै वर्ष ठूलो आन्दोलन हुन्छ’-राजेन्द्र लिङदेन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा नसोचेको माहोल बनिरहेको र यसै वर्ष अर्को ठूलो आन्दोलन हुने दाबी गरेका छन् । उनले दशैं-तिहारपछि राप्रपा अर्को चरणको आन्दोलनमा जाने जनाउ दिए ।

आज पार्टीका विभागीय प्रमुखहरूसँगको छलफलमा लिङदेनले आन्दोलन र संगठनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका थिए । राजा ल्याउन पनि संगठन चाहिने र राजा ल्याएपछि व्यवस्था टिकाउन पनि संगठन चाहिने उनको भनाइ थियो । लिङदेनले विभागीय प्रमुखहरूलाई संगठन विस्तारमा केन्द्रित हुन निर्देशन दिए ।

लिङदेनले भने, ‘हामीले आन्दोलन र संगठनलाई समानान्तर रूपमा लैजानुपर्छ । आन्दोलन प्रभावकारी बनाउनलाई बलियो संगठन नै चाहिन्छ । राजा ल्याइसकेपछि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि पनि संगठन चाहिन्छ । त्यसैले संगठन निर्माण अपरिहार्य छ ।’

‘राजाले थपक्क प्रधानमन्त्री नियुक्त गर्ने, मन्त्रीहरू बनाउने खालको ताना शाही राजतन्त्र हामीले खोजेको होइन । राजा आएपछि पनि दलहरूले नै देश चलाउने हो । त्यसका लागि चुनाव लड्नै पर्छ । जित्नै पर्छ । त्यसैले संगठन मजबुत बनाउनतिर लागौँ ।’

हालै भएको संयुक्त जनआन्दोलन राप्रपाको सोच र कार्य योजनाअनुसार नभएको उनको भनाइ थियो ।

‘हामी आन्दोलनमा सहभागी थियौँ, तर आन्दोलनको अगुवाइ हाम्रो थिएन,’ लिङदेनले भने, ‘अबको आन्दोलन हाम्रो नेतृत्वमा हुन्छ । दशैं-तिहारपछि देशमा नसोचेको माहोल आउँदै छ ।’

उनले आगामी असार २३ गते पूर्वराजाको जन्म दिवसलाई पार्टीको तर्फबाट विशेष बनाउने सन्देश दिएका छन् । राजाको जन्मदिन पनि आन्दोलनकै हिस्सा हुने भन्दै उनले यसमा सहभागी हुन सबै नेता-कार्यकर्तालाई मौखिक सर्कुलरसमेत गरे । पार्टीका विभागीय प्रमुखहरूले छिटोभन्दा छिटो आन्दोलनको कार्य योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।