काठमाडौँ । श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् ।
हत्या आरोप लागेपछि फरार रहेका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो।
उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् । गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो ।त्यसपछि उनी फरार हुँदै आएका थिए ।
पक्राउ परेकाविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







