काठमाडौँ । निजामती सेवा सम्बन्धी विधेयक अन्तत: प्रतिनिधि सभाबाट पारित भएको छ । लामो समयदेखि राजनीतिक नेतृत्व र कर्मचारी वृत्तका लागि जटिल बन्दै आएको यो विधेयक आइतबार प्रतिनिधि सभाले पारित गरेपछि अब राष्ट्रिय सभामा पठाइने भएको छ ।
यसअघिको प्रतिनिधि सभामा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसके पनि राजनीतिक इच्छाशक्तिको अभावमा मन्त्रिपरिषद्बाट फिर्ता भएको थियो ।
सरकारले २०८० फागुन २१ मा पुन: विधेयक संसदमा पेश गरेको थियो । निजामती सेवामा मात्रै लागू हुने गरी कुलिङ अफ पिरियडको प्रावधान राख्नु उपयुक्त नहुने मतका कारण यो विधेयक केही समय समिति र संसदमा अड्किएको थियो । तीव्र बहसपछि अन्तत: समितिको प्रतिवेदनअनुसार नै प्रतिनिधि सभाले विधेयक पारित गरेको छ ।
यो विषयले अब राष्ट्रिय सभामा थप छलफलको अवसर पाउने भएको छ ।
यस्तो छ २०८० मा संसदमा पेश भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
यो हो राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को सम्बन्धमा समितिको प्रतिवेदन







