२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभामा डीपी अर्याल र रामहरि खतिवडाबीच भिजिट भिसा प्रकरणमा बाझाबाझ, एकअर्कामाथि गम्भीर आरोप 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच भिजिट भिसा प्रकरणलाई लिएर तीव्र बाझाबाझ भएको छ।

बैठकमा अर्यालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध ३३ दिनदेखि आन्दोलन गरिरहेको बताउँदै संसदीय वा उच्चस्तरीय छानबिन समिति गठनको माग गरे। उनले आफूमाथि निराधार आरोप लगाइएको भन्दै आक्रोश व्यक्त गरे। “राजनीतिलाई पेसा बनाएर देश दोहन गर्नेहरूले व्यवसाय गरेर खानेमाथि गम्भीर आरोप लगाए। मलाई दया लाग्छ, २०४८/४९ मा मन्त्रीको पिए भएर कागज किर्ते गरी विदेश पठाउने काम गर्नेहरूले हनुमानढोकाको चिसो छिँडीमा रात बिताए, आज तिनै व्यक्ति यहाँ सांसद छन्,” उनले भने।

अर्यालले आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्समाथि लगाइएको आरोपको खण्डन गर्दै भने, “मेरो कम्पनीबाट एक जना पनि भिजिट भिसामा संसारको कुनै देश गएको छैन। पैसा लिएर कोही फर्केन भने प्रमाण पेस गर्न चुनौती दिन्छु। निराधार आरोप संसद्को रेकर्डबाट हटाउन सभामुखज्यूबाट रुलिङ माग गर्छु।”

जवाफमा खतिवडाले कुनै सांसदको नाम नलिएको दाबी गर्दै छानबिनको माग गरे। “चोरको खुट्टा काट भन्दा खुट्टा झिकेजस्तो केही माननीयले प्रतिक्रिया दिनुभयो। हामीले कुनै संस्थामाथि छानबिन गर्नुपर्छ भनेका हौँ, किन संसद् थर्काइन्छ ? ” उनले प्रश्न गरे। खतिवडाले विगतमा अदालतबाट निर्दोष ठहरिएको उल्लेख गर्दै दोषीले ठूलो स्वरमा बोल्नु आपत्तिजनक भएको बताए।

उनले म्यानपावर कम्पनीहरूको अवैध सञ्चालनमा संलग्न व्यक्तिहरूमाथि छानबिनको माग गरे। “२०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालन अनुमति दिने तत्कालीन श्रममन्त्रीमाथि छानबिन होस्। दोषीमाथि कारबाही र निर्दोषलाई सफाइ दिनुपर्छ,” उनले भने।

सभामुख देवराज घिमिरेले खतिवडालाई अर्यालको समय सकिएपछि बोल्न अनुमति दिएका थिए। दुवै सांसदले एकअर्कामाथि गम्भीर आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।