२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आज बसेको बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारसँग आग्रह गरेको हो ।

वर्षात्को समयमा सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनर्स्थापना तथा व्यवस्थापन गर्न माग गर्दै बैठकले मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्न सुझाव दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापडि रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्न आवश्यक रहेको प्रस्ताव बैठकले पारित गरेको छ ।

सरकारले ३० वर्षदेखि उखु किसानलाई प्रतिक्विन्टल रु. ७० अनुदान उपलब्ध गराउँदै आएकामा आगामी आर्थिक वर्षदेखि सो रकम बजेटमा कटौती गरेकामा बैठकले सो निर्णय सच्याएर अनुदान उपलब्ध गराउन माग गरेको छ ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गरेको थियो । बैठकमा पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष नेपाललाई अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले रु. ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल गरिएको थियो ।

तत्कालीन मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय अख्तियारको क्षेत्राधिकार बाहिर रहेको भए पनि राजनीतिक दबाबका कारण भ्रष्टाचारको मुद्दा दर्ता गरेको बैठकले निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए। उनका अनुसार आजको बैठकमा मुद्दा दर्ता भएपछि पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोक्नुपर्ने केही नेताले सुझाव दिएका थियो ।