२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को गुनासो-‘ओलीको चाहना संसद् भंग भइदियोस् भन्ने छ, नबुझेर हाम्रै साथीहरूले मविरुद्ध घेराबन्दी गरे’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले सदन नखोलेर भंग भइदिए अध्यादेशबाट शासन चलाउँथे भन्ने ढंगले अघि बढेको बुझेपछि सदन खोल्न तयार भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टीभित्रबाटै नबुझेर आफू विरुद्ध घेराबन्दी गरेको गुनासो गरेका हुन्।

‘कहिले तपाईँहरूले सोच्दा मानौँ परिस्थिति सामान्य छ, नेतृत्वले जता भन्यो त्यतै गइहाल्छ देश भनेको जस्तो गरी सोचेकोजस्तो लाग्छ । त्यस्तै छै स्थिति । हिजो दुई तिहाइको हाम्रो नेतृत्वको सरकार हुँदा सरकारका नेतृत्व संविधान र गणतन्त्रविरुद्ध घात गर्ने ढङ्गले अघि बढ्दा हामी विद्रोह गरेर सडकमा गएर पलेँटी कसेर विरोध गर्नुपरेको बाध्यता संसदीय प्रणालीमा यस्तो हुँदैन । नेपालमा मात्रै यस्तो भएर माओवादीले मात्रै गर्नुपरेको छ । हामीले जनयुद्धको बलमा ल्याएको संविधान आफ्नो पार्टी नेतृत्वको सरकारले उल्ट्याउने ढङ्गले गइसकेको थियो । हामीले हाम्रो नेतृत्वको सरकार भनेर बसेको भए संविधान सायद उल्टिसकेको हुन्थ्यो होला । दुई दुई पटक पटक संसद् विघटन गरेको, हामीले त्यसका विरुद्ध एक महिनामा तीन पटक लाखौँ जनता सडकमा उतारेपछि संविधानमाथिको घात रोकिएको हो । त्यसैले अहिले पनि संविधानको रक्षा गर्ने जिम्मेवारी छ । कहिले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आउँछ । अहिले पनि हामीले धेरै मेहनत गरेर सङ्घीय निजामती, विद्यालय, नागरिकता विधेयक, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने आवश्यकता यही सदनबाट गर्नुपर्नेछ । तर सरकारको नेतृत्वले अवरोध भइराखोस् भन्ने चाहेको छ, हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख छ। पटक्कै नबुझेर खत्तम गर्‍यो भनेकोजस्तो गर्छन् । अहिले पनि सरकारको नेतृत्वले सदन नचलेदेखि, सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, बजेट होस् वा अन्य विधेयकको कुरा। अध्यादेशबाट ल्याउन चाहेको बुझियो हामीले । अर्कोतिर सत्तामा भएकाहरूको बीचमा जति दूरी छ, के हो भन्ने पनि हामीले बुझ्नुपर्नेछ। त्यही अनुसार चाँडै परिणाम आउँदै छ । एक थरी मानिसहरूले गलत प्रचार गरेर नेतृत्वलाई कसरी घेराबन्दी गर्ने भनेर लागिरहेका छन्, ‘उनले बैठकमा भनेको छन् ।