२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

अ+ अ-

एएफपी । इजरायली सुरक्षाकर्मीहरूले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणका कारण ३८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

गाजाको दक्षिणी भागमा भएको झडपका क्रममा इजरायली सेनाका सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि इजरायली सेनाले जानकारी गराएको छ ।

स्थानीय प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीहरूका अनुसार, गाजाको केन्द्रमा रहेको नेतजारिम गलैँचामा अमेरिकी सहयोग प्राप्त खाद्य सहायता वितरण केन्द्र नजिकै खाना लिन पर्खिरहेका नागरिकहरूलाई लक्षित गरी गोली चलाइएको थियो । अल–अव्दा अस्पतालले १० वटा शवहरू प्राप्त भएको र ५३ जना घाइतेको उपचार गरिएको जनाएको छ ।

त्यसैगरी, गाजाको दक्षिणी क्षेत्रमा पर्ने राफाहको उत्तरतर्फको अल–शकुश क्षेत्रमा भएको अर्को घटनामा इजरायली फायरिङबाट एक जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ ।

गाजाको नागरिक सुरक्षा निकायका अनुसार गाजा सहरको पूर्वी क्षेत्रमा रहेको अल–शुजैय्या क्षेत्रमा एक इन्धन स्टेशननजिक रहेको भवनमा भएको हवाई आक्रमणका कारण एउटै परिवारका सात सदस्यहरूको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।

त्यस्तै, देर अल–बालाह, अल–नुसेरात शरणार्थी शिविर र जबालियामा भएका अन्य आक्रमणहरूमा पनि कम्तीमा १५ जनाको मृत्यु भएको तथा अरू केही हराइरहेका जनाइएको छ ।

गाजाको पश्चिमी क्षेत्रमा रहेको अन्सार सरकारी भवन नजिक भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ, जसमा एक महिला र एक बालक पनि परेका छन् । यी घटनाहरूमा इजरायली पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

यसैबीच, इजरायली सेनाले मंगलबार गाजाको दक्षिणमा एक सशस्त्र सवारीसाधन विस्फोटमा परेको घटनामा सात जना आफ्ना सैनिकको ज्यान गएको पुष्टि गरेको छ ।

इजरायलले मार्च १८ देखि गाजामा पुनः सैन्य कारबाही सुरु गरेको हो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, त्यसयता पाँच ७५९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने १९ हजार ८०७ जना घाइते भएका छन्।

युद्ध सुरु भएको सन् २०२३ को अक्टोबर यता गाजामा कूल ५६ हजार ७७ जनाको मृत्यु भएको र एक लाख ३१ हजार ८४८ जना घाइते भएको जनाइएको छ ।