काठमाडौँ । भारतले आफ्ना देशका नागरिकहरूसँगै उद्धार गरेर दिल्ली ल्याएका ६ नेपालीहरू नेपाल फर्किएका छन् ।
उनीहरू सबै बुटवलका नेपाली भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार सबैभन्दा पहिले उद्धार गरिएर दिल्ली ल्याइएकाहरू गणेशप्रसाद पोखरेल र सुमन गैरे हुन् । अरु चार जनाको भने थर खुलाइएको छ ।
उनीहरूको नाम गायत्री, उत्सव, सागर र बुद्धि भएको बताइएको छ । इरान र इजरायल युद्धमा अमेरिकी तथा कतारी समन्वयमा युद्ध बिराम घोषणा भएपछि नेपालीहरू दिल्ली हुँदै नेपाल आउन लागेका हुन् ।







