काठमाडौँ । नेकपा एमालेले जसपा नेपालले अहिले समर्थन फिर्ता लिनुपर्ने अहिले कुनै कारण नभएको जनाएको छ ।
आज बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरूले बैठकको निर्णय थाहा पाएको भए पनि औपचारिक जानकारी नभएको बताए ।
उनले भने, ‘उहाँहरूले संसद्लाई अहिलेसम्म जानकारी गराउनुभएको छैन । त्यसो नगर्नुभएको भए हुन्थ्यो । यसबीचमा कुनै कारण नै छैन। केही विषयमा उहाँहरू आफ्नो कुरा राख्नुभएको थियो ।’
उनले जसपा नेपालकै प्रस्तावमा आफूहरूले भूमि अध्यादेश निष्क्रिय बनाएको बताए। उनले समर्थन फिर्ता लिन निर्णय नगरेको भए राम्रो हुने बताए ।







