२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को स्वीकारोक्ति-‘उत्पीडित वर्ग र समुदायसँग हाम्रो सम्बन्ध कमजोर भएको सत्य हो, सच्याउँदै छौँ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा सुनिश्चित श्रमिकका हक-अधिकार व्यवहारमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताएका छन् ।

घरेलु श्रम तथा स्याहारबारे ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आम श्रमिक, उत्पीडित वर्ग र समुदायका जीवनस्तरमा परिवर्तन ल्याउने लक्ष्यका साथ विभिन्न आन्दोलन र क्रान्ति हुँदै जनताको प्रतिनिधित्व गर्दै अहिले यहाँसम्म आइपुगेको बताएका हुन् ।

उनले भने, ‘यसबाट मात्र घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरेर मात्र उहाँहरूको जीवन मर्यादित र सम्मानित बनाउन सकिन्छ ।’

पार्टीको केन्द्रीय समिति बैठकले आत्मसमीक्षा गर्दै उत्पीडित वर्ग तथा समुदायसँग सम्बन्ध कमजोर बन्न गएको स्वीकार गर्दै कमीकमजोरी सच्याउँदै अघि बढ्ने निर्णय गरेको बताए ।

उनले भने, ‘हामी हाम्रो वर्ग-समुदायसँगको सम्बन्ध सुधार गर्दै समस्या समाधानमा केन्द्रित हुने अठोटका साथ जनतामाझ अघि बढिरहेका छौँ। जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन-व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान जारी रहन्छ, पूर्ण हुनेछैन ।’

उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र सामाजिक न्यायको पक्षमा काम गरेको स्मरण गरेका छन् ।