२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी प्रस्तावमा इरानसँग युद्धविरामको सहमति भएको इजरायलद्वारा स्वीकार

अ+ अ-

काठमाडौँ । इजरायलले संयुक्त राज्य अमेरिकाको प्रस्तावमा इरानसँग द्विपक्षीय युद्धविराममा सहमति जनाएको पुष्टि गरेको छ । तर युद्धविरामको कुनै उल्लंघन भए ‘जोडदार प्रतिक्रिया’ दिने चेतावनी उसले दिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा जनाएअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद्, रक्षा मन्त्री, आईडीएफ प्रमुख र मोसाद प्रमुखसँग भेट गरी ‘इजरायलले अपरेशन राइजिङ लायनका सबै उद्देश्यहरू प्राप्त गरेको र त्यसभन्दा धेरै कुरा हासिल गरेको’ बताएका छन् ।

‘इजरायलले आणविक र ब्यालिस्टिक मिसाइल दुवै क्षेत्रमा दुई वटा तत्कालीन अस्तित्वको खतरा हटाएको छ,’ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘आईडीएफले तेहरानको आकाशमा पूर्ण हवाई नियन्त्रण प्राप्त गर्‍यो, सैन्य नेतृत्वमा गम्भीर क्षति पुर्‍यायो र इरानी सरकारका दर्जनौँ केन्द्रीय लक्ष्यहरू नष्ट गर्‍यो ।’

विज्ञप्तिले पहिलो पटक अर्का वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको पनि घोषणा गरेको छ ।

‘पछिल्लो दिनमा पनि आईडीएफले तेहरानको मुटुमा रहेका शासनका लक्ष्यहरूलाई ठूलो आघात पुर्‍यायो, सयौँ बासिज सञ्चालकहरू, शासनको दमन संयन्त्रलाई नष्ट गर्‍यो र अर्को वरिष्ठ आणविक वैज्ञानिकको हत्या गर्‍यो,’ विज्ञप्तिमा भनिएको छ ।

‘इजरायलले राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकालाई रक्षा समर्थन र इरानी आणविक खतरा हटाउनमा सहभागिताको लागि धन्यवाद दिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘अपरेशनका उद्देश्यहरू प्राप्त भएको सन्दर्भमा र राष्ट्रपति ट्रम्पसँग पूर्ण समन्वयमा इजरायलले राष्ट्रपतिको द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको छ,’ पीएमओले भनेको छ, ‘युद्धविरामको कुनै उल्लंघनमा जोरदार प्रतिक्रिया दिइने छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै युद्धविराम कार्यान्वयनमा आएको घोषणा गरेका थिए । त्यसअघि इरानी ब्यालिस्टिक मिसाइलले बेर्शेबामा एक आवासीय भवनमा आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको थियो ।