काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
पुर्वमुख्यमन्त्री सोडारीले पदीय मर्यादा विपरीत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार सोडारीले सार्वजनिक पद धारण गरेको मिति २०७४।१०।०७ गतेदेखि मिति २०७९।११।१० सम्मको जाँच अवधिमा एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रुपैयाँ र सन्ताउन्न पैसा भ्रष्ट्राचार गरेको देखिएको छ ।

