२१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म झोले हो’ भन्दै एमालेले सामाजिक सञ्जाल तताउँदै : ओलीको पोस्टरले तरंग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड चलाएर नयाँ तरंग ल्याएको छ। राजावादीहरूले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा बोकेर सत्तारूढ दलका कार्यकर्तालाई ‘झोले’ भन्दै आलोचना गरेपछि एमालेले यो ट्रेन्डमार्फत जवाफ फर्काएको हो।

यो अभियानको सुरुवात प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टबाट भएको थियो। ‘म झोले हो’ भन्दै तस्बिरसहित उनले लेखेका छन्, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो।’ 

उनले सामाजिक सञ्जालमा ‘झोले’ भन्दै खेदिए पनि सत्य र सामूहिकतामा अडिग रहन आग्रह गरे। ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ,’ ओलीको भनाइ छ।

यो पोस्टपछि एमालेका शीर्ष नेताहरूले पनि यो ट्रेन्डलाई साथ दिएका छन्। उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराललगायत नेताहरूले ‘म झोले हो’ भन्दै पोस্ট गरेका छन्। प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले पनि यो सन्देश सेयर गरेर अभियानलाई तीव्रता दिए।

गत आइतबार नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा ओलीले ‘म एमालेको झोले हुँ’ भन्दै गर्वका साथ परिवर्तन र जनताको झण्डा बोक्ने प्रतिबद्धता जनाएका थिए। उनले भने, ‘यो झोलामा म देश र जनताको परिवर्तनको चाहना बोकेर हिँड्छु, यसमा मलाई गर्व छ।’

ओलीले एमालेमाथि विगतमा भएका घेराबन्दी र विभाजनका प्रयासलाई समेत स्मरण गरे। ‘झण्डै दुई तिहाइको पार्टीलाई विभाजन गराइयो, तर हामी फेरि मुलुकको लोकप्रिय पार्टी बन्यौँ,’ उनले भने। उनले व्यक्तिगत महत्वाकांक्षा त्यागेर राष्ट्रिय हित र समृद्ध नेपालको लक्ष्यमा केन्द्रित भएर ‘मिसन २०८४’ मा एकल बहुमत ल्याउने दृढता व्यक्त गरे ।‘आज एमालेलाई सिध्याइदिन्छु भन्ने कसैको हैसियत छैन। हामी जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ,’ उनको आह्वान छ।

प्रतिक्रिया दिनुहोस