२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग मर्ज हुने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई एकीकृत (मर्ज) गरिने भएको छ।

सार्वजनिक खर्च पुनरावलोकन आयोग (२०७५), उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग (२०८१) र समान प्रकृतिका संरचनाहरूको अध्ययन प्रतिवेदन (२०८१) को सिफारिसमा आधारमा यी दुई विभागलाई मर्ज गरिन लागेको हो । 

हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल संयोजक, अर्थ सचिव घनश्याम उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा विडारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र प्रधानमन्त्री कार्यालयका सहसचिव डा. किरण रुपाखेती सदस्य–सचिव रहेको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित उच्चस्तरीय शासकीय सुधार आयोगमा पेश गरेको सुझाव कार्यान्वयन मार्गचित्रमा यी दुई विभाग मर्ज गर्ने प्रस्ताव समावेश छ ।

मुलुकमा आर्थिक सुशासन कायम गर्न यी दुई वटा निकायको भूमिका महत्त्वपूर्ण रहँदै आएको भए पनि पनि पछिल्ला केही वर्षयता यी निकायहरूलाई सीमित कर्मचारीहरूका लागि ‘कमाई खाने भाँडो’का रूपमा विकास गरिँदै आएको भन्दै जनस्तरमा विरोध हुँदै आएको छ । व्यवसायी तथा अधिकारीहरूलाई अनावश्यक दुःख दिएर ‘रकम असुल्ने’ गरेको गुनासोसँगै संस्थागत सुदृढीकरण तथा प्रभावकारिता बढाउन मर्ज गर्न लागिएको बताइएको छ । 

यी दुई वटा निकायले संस्थागत उद्देश्य अनुरूप इमान्दारीपूर्वक काम गर्ने हो भने धेरै हदसम्म अर्थतन्त्र सुधार तथा सुदृढीकरणमा टेवा पुग्ने अधिकारीहरूले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस