१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल थापा पक्राउपछि लिङदेनको चेतावनी-तत्काल बुझाउनुस्, नत्र…

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई राजावादी आन्दोलनका क्रममा प्रहरीले पक्राउ गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई आन्दोलनस्थलमै बुझाउन चेतावनी दिएका छन्। आइतबार भएको पक्राउपछि लिङदेनले आन्दोलनलाई अराजक बनाउन नचाहे पनि भद्रतालाई कमजोरी नठान्न आग्रह गरे।

“हामीसँग युवा र शक्ति छैन भन्ने ठान्नुहुन्छ? हामी तोडफोड गर्न चाहँदैनौँ,” लिङदेनले भने, “तर, तपाईंहरू देश लुटिरहनुहुन्छ। पैसा बुझाउन सक्ने र तपाईंले चाहेको व्यक्ति आइजिपी हुन्छ, नचाहेको व्यक्ति बढुवा नपाई रिटायर हुन्छ।”

लिङदेनले काँग्रेस र एमालेका अपराधमा संलग्न व्यक्तिहरूलाई अदालतले एकै दिन रिहा गर्ने गरेको आरोप लगाए। “दुईवटा इजलास चलाएर तपाईंहरू अपराधीलाई छुटाउनुहुन्छ। जिउँदै मान्छे जलाउनेलाई रिहा गरिन्छ,” उनले भने, “यो कुरा हामीलाई मात्र होइन, छेउमा उभिएका प्रहरीलाई पनि थाहा छ।”

गणतन्त्रवादी नेतृत्वको ज्यादतीविरुद्ध विद्रोह आवश्यक रहेको भन्दै उनले भने, “तपाईंहरूको ज्यादती सबैलाई थाहा छ। हामीले त्यसविरुद्ध आँट गरेका छौँ। यो ज्यान नेपाली जनताका लागि अर्पण गर्न तयार छु।”

राजतन्त्रको पुनरागमनबारे प्रश्न उठाउनेहरूलाई उनले बेलायतको इतिहास पढ्न सुझाए। “१७औँ शताब्दीमा बेलायतमा राजालाई फाँसी दिएर गणतन्त्र ल्याइयो, तर गणतन्त्रवादी असफल भएपछि राजतन्त्र फर्कियो,” लिङदेनले भने, “गणतन्त्रवादीको ज्यादतीले नेपालमा पनि राजतन्त्रको सम्भावना बनेको छ।”

प्रतिक्रिया दिनुहोस