काठमाडौँ । प्रहरीका ११ जना अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरूलाई सुशोभन गरेका हुन् ।
गृहमन्त्री स्तरको २०८२ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ११ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकहरू सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जि.सी.), दिपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।