काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टङ्गालका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) परिवर्तन गरिएको छ।
गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार टङ्गालमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ भने ओम बहादुर रानालाई अख्तियारमा पठाइएको छ। गत मङ्सिर १३ गतेको निर्णयअनुसार राना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए।