काठमाडौँ । सरकारले ऐतिहासिक तथा पुरातात्त्विक महत्वका अभिलेखहरूको ‘डिजिटल अर्काइभिङ’ गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ऐतिहासिक तथा पुरातात्त्विक महत्वका अभिलेखहरूको ‘डिजिटल अर्काइभिङ’ गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख छ । संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा अर्घाखाँचीको पणेनामा पाणिनी ज्ञान उद्यान निर्माण गरिने उल्लेख छ ।
नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्त्विक सम्पदाको संरक्षण गरिने प्रतिबद्धता पनि बजेटमा गरिएको छ ।