२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्ममा मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ ।

“विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्र, आठ हजार २०४ किलोमिटर खण्डास्मित र आठ हजार ७६५ किलोमिटर कच्ची सडक पुगेको छ,” सर्वेक्षणमा उल्लेख छ, “२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्र आठ हजार २४ किलोमिटर खण्डास्मित र आठ हजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो ।”

सर्वेक्षणअनुसार मध्यपहाडी लोक मार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार ४५२ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ११ किलोमिटर सडक कालोपत्र भई एक हजार ४६३ किलोमिटर पुगेको छ । लोक मार्गमा पर्ने १३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माणसम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ । 

सर्वेक्षणअनुसार हुलाकी लोक मार्गको कुल लम्बाइ एक हजार ८५७ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार २५९ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आवको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार २९१ किलोमिटर पुगेको छ । यसअन्तर्गतका २५० पुलमध्ये २०८१ फागुनसम्म १४२ पुलको निर्माणसम्पन्न भएको छ ।

उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको कुल लम्बाइ ९४४७ किलोमिटर० को गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड २४५ किलोमिटर सडकखण्डमध्ये २०८१ फागुनसम्म १९५ किलोमिटर सडक कालोपत्र भएको छ । २०८१ असारसम्म मालढुङ्गा–बेनी– जोमसोम–कोरला खण्डअन्तर्गत ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र सडक र १० पुलको निर्माणसम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म ६५ किलोमिटर सडक कालोपत्र भएको छ भने १३ पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।