काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।
प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसेको हो।
बिहीबार अपराह्न ३ बजे संघीय संसदको बैठकमा बजेट पेस हुँदैछ। यसअघि आजकै प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेका छन्।