काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नी विमला महतको निधन भएको छ । गए राति १२:४५ बजे ६० वर्षको उमेरमा उनको निधन भएको पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
विमला केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिइन् र उपचार गराइरहेकी थिइन् ।