२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इस्ट् अमेजिङ

अ+ अ-

काठमाडौँ । आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिए । ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’(आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भने, “नेपाल साँच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो ।” माउन्टेन फ्लाइट जीवनकै अविस्मरणीय भएको उनले बताए । 

अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय क्षेत्रको अवलोकन गर्न पाउँदा खुशीको सिमाना नरहेको बताए । “आश्चर्यजनक छ, खुशीको सीमै रहेन”, उनले थपे । आफ्नो सगरमाथा आरोहणको अनुभवको जानकारी गराउँदै उनले नेपालतर्फबाट सगरमाथाको भूवनोट नयाँ र अनुपम लागेको प्रतिक्रिया दिए।

नजिकैबाट सगरमाथासहितका सुन्दर हिमाल हेर्दा भारतको गुजरातका निलिस बर्टलाई निलेस् बर्टमा पनि खुसीको सीमा थिएन । सगरमाथा आरोही विद्यार्थीलाई सँगै लिएर गएका बर्टले आफ्नो वर्षौँदेखिको सगरमाथालाई नजिकबाट साक्षात्कार गर्ने सपना पूरा भएको बताए । उनले भने, “असाध्यै राम्रो अनुभव भयो, मेरो वर्षौँदेखिको सपना पूरा भयो ।”

नेपालको अनुपम प्राकृतिक सुन्दरता हेर्न आफू पटक–पटक नेपाल आउने गरेको उनको भनाइ थियो । काठमाडौँमा मङ्गलबार आयोजना भएको ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ का सहभागी भारत, चीनलगायत विभिन्न मुलुकका सगरमाथा आरोहीलाई नेपालको हिमाली सौन्दर्यको अवलोकन गराइएको छ । आज बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

नेपाल बिग माउन्टेनका उपाध्यक्ष सुजित रेग्मीका अनुसार बुद्ध एयरको एटीआर विमानमार्फत माउन्टे फ्लाइट गराइएको हो । भारत, चीन, बेलायत, मेक्सिकोलगायत मुलुकका ५० आरोहीले हिमाली दृश्यावलोकन गरेका हुन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेर ४० मिनेटमा उडेको विमान करिब एक घण्टाको उडानपछि पुनः काठमाडौँ विमानस्थलमै अवतरण भएको थियो । लाङटाङ हिमालदेखि सगरमाथा हिमाल क्षेत्रसम्मको हिम चुचुरोको दृश्यावलोकन गरिएको थियो । निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरु हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ ।

पर्वतीय उडानका दौरानमा आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा विदेशी पाहुना मोहित भए । अजङ्गसँग फैलिएका हिमशृङ्खला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिनेजस्तै देखिए । बादलको घुम्टोमाथि चाँदीझैँ टल्किएका सुन्दर हिमालको मनमोहक दृश्यवादन गरेर सगरमाथा आरोही फर्किए । 

बिहानीको पारिलो घाम । आकाशमा बादलको लुकामारी । चाँदीझैँ टल्किने हिमालले पर्वतीय उडानलाई बेग्लै रौनक थपेको थियो । नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल रहेका छन् । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा विश्वभरका आरोहीको सपनाको हिमाल पनि हो । सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरूका विशेष जमघट ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटस समिट–२०२५’ पहिलो पटक काठमाडौँमा आयोजना गरिएको हो । एभरेस्ट एलायन्स नेपालले आयोजना गरेको समिटमा २५ देशका ३०० भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता थियो । सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी थिए ।

एभरेस्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले विदेशी सगरमाथा आरोहीलाई नेपालको हिमालको अनुपम सुन्दरताको दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट गरिएको बताए । उनले यो उडानमार्फत नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि यही जेठ ४ गते बहुप्रतिक्षित ‘सगरमाथा संवाद’ मा सहभागी विशिष्ट विदेशी पाहुनालाई माउन्टेन फ्लाइटमार्फत सगरमाथासहितका हिमाली सौन्दर्यको अवलोकन गराइएको थियो । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको सन्दर्भमा पछिल्लो साता नेपालमा ठूला–ठूला अन्तर्राष्ट्रिय सम्मेलन भइरहेका छन् । सगरमाथा संवादलगत्तै यही जेठ ९ देखि ११ सम्म बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आयोजना भएको थियो । यही जेठ २० देखि २२ सम्म हिमालयन ट्राभल मार्टको पाँचौँ संस्करण आयोजना हुँदैछ । नेपालमा एकपछि अर्को भइरहेका पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सभा सम्मेलनले नेपालको पर्यटन खासगरी साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए। उनले स्रोत बजारमा गन्तव्य प्रवर्द्धनका लागि बोर्डले रणनीतिक कार्यक्रमका साथ अघि बढेको उल्लेख गरे ।