काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको द्वितीय पत्रको लिखित परीक्षाको निर्धारित समय संशोधन गरेको छ । आयोगले आज एक सूचना जारी गरी शाखा अधिकृतको द्वितीय पत्रको लिखित परीक्षाको निर्धारित समय संशोधन गरेको जनाएको हो ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्राविधिक सेवा, अफसेट समूह, तह ६, शाखा अधिकृत पदको द्वितीय पत्रको लिखित परीक्षाको निर्धारित परीक्षा समय संशोधन गरिएको हो ।
हेर्नुहोस् संशोधन गरिएको सूचना:
