कैलाली । ब्युरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटेलका सञ्चालकलाई विगत २/३ दिनदेखि पटक पटक ब्युरोबाट खटि आएको असई भन्दै रकम मागेको खुलेको छ । हाल उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।







