१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनुस अन्सारी रिहा भए लगत्तै पुनः पक्राउ, सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान गर्न ५ दिन म्याद 

अ+ अ-

काठमाडौँ । बाराका व्यापारी तथा नेशनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारी नक्कली भारतीय नोटको कारोबारमा पटक-पटक पक्राउ पर्दै आएका छन्। जेठ १० गते नख्खु कारागारबाट ६ वर्षको कैद सजाय भुक्तान गरेर रिहा भए लगत्तै उनी पुनः पक्राउ परेका छन्। 

प्रहरीका अनुसार, सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान गर्न अदालतले उनलाई ५ दिनको म्याद दिएको छ। तर, प्रहरी स्रोतले उनको ज्यानमाथिको खतरा पनि पक्राउको मुख्य कारण रहेको बताएको छ।

पटक-पटकको पक्राउ र नक्कली नोटको कारोबार
अन्सारी पहिलो पटक २०६६ पुसमा २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय नोटसहित पक्राउ परेका थिए। त्यसपछि २०६७ असोजमा ४० लाख ११ हजार, २०७० माघमा ३५ लाख र २०७६ जेठमा ७ करोड ६७ लाख ९४ हजार नक्कली नोटसहित उनी पक्राउ परेका थिए। यी घटनाहरूमा उनले सजाय भुक्तान गरेर छुट्ने र पुनः यस्तै कसूरमा जोडिने क्रम दोहोरिएको छ।

ज्यानमाथिको खतरा र हत्या प्रयास
अन्सारीमाथि भारतीय आपराधिक समूहको निशानामा रहेको प्रहरी स्रोतको दाबी छ। २०६७ फागुन २६ मा केन्द्रीय कारागारमा रहँदा भारतीय शार्पसुटर मनमित सिंह भनिने जसजित सिंह भाटियाले उनको हत्या प्रयास गरेका थिए। 

भाटियाले पेस्तोलले ६ राउण्ड गोली हानेका थिए, जसमध्ये एक गोली अन्सारीको कुहिनामा लागेको थियो। भाटियालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। भाटियाले १२ वर्षको सजाय भुक्तान गरेर २०८० असारमा छुटेपछि नेपालगन्जबाट पुनः पक्राउ परेका छन्। उनीमाथि २०६६ मा बाँकेका नक्कली नोट कारोबारी अब्जुद मजिद मनिहारको हत्याको आरोपमा मुद्दा चलिरहेको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धान र प्रहरीको रणनीति
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान विभागबाटै चलिरहेको र पछि सीआईबीको जिम्मामा आएको थियो । 

नेपाल राष्ट्र बैंकको पत्र र अन्सारीको ज्यानमाथिको खतराको सूचनाका आधारमा सीआईबीले उनलाई रिहा भए लगत्तै नियन्त्रणमा लिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार, भारतीय शार्पसुटरहरूले अन्सारीलाई निशाना बनाएको सूचना छ, तर ती व्यक्तिहरूको पहिचान र स्थान अझै खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस