११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने एमालेको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ ।  ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । 

सातदशक लामो बलिदानीपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वानसमेत गरिएको उनले बताए। 

उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देश गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिए । 

काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित दिवसमा उत्सव आयोजना गरिने र त्यसका लागि झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासंघले गर्नेछ । सांस्कृतिक झाँकीको आवश्यक संयोजन पार्टी कार्यालयका तर्फबाट पनि गरिने छ ।

जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न संघीय लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक उपलब्धि रहेको अवस्थामा गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिने महासचिव पोखरेलले बताए। जनताको सम्प्रुभताविरुद्ध हुने कुनै पनि गतिविधि एमालेले स्वीकार नगर्ने भन्दै उनले गणतन्त्र जनताको सार्वभौम व्यवस्था भएको र त्यसलाई जनताको अधिकारका रूपमा स्थापित गर्ने काम भएको स्पष्ट पारे । 

“गणतन्त्रलाई अझ सबल र सुदृढ बनाउनुपर्दछ भन्ने कुरामा अगाडि बढ्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ । जनताको अधिकार रक्षा, जनताले पाएका उपलब्धिको संरक्षण र गणतन्त्रलाई उत्सवको रूपमा मनाउने कुरामा पार्टीको ध्यान केन्द्रित छ”, महासचिव पोखरेलले भने । 

प्रतिक्रिया दिनुहोस