१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रेग्मीको योगदान जनतासामु लैजानुपर्छ’: सभापति देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नि:स्वार्थ, त्यागी र तपस्वी नेता खगेन्द्रराज रेग्मीको योगदान जनतासामु लैजान पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । 

स्याङ्जाका पूर्व सभापति रेग्मीको आज आयोजित प्रथम स्मृति सभामा उनले नेपाली काँग्रेसप्रति समर्पित भई नेता रेग्मीले पार्टीको संगठन विस्तारका काम योगदान गरेको स्मरण गरे ।

“विद्यालयमा अध्यापन गर्दादेखि नै रेग्मीलाई मैले चिनेको र नेविसंघ दर्ता गर्ने सिलसिलामा घरमै पुगेर भेटेको हो, उहाँमा कुनै पनि किसिमको लोभलालचा थिएन”, रेग्मीसँगको पुरानो भेटबारे सभापति देउवाले भने, “नेता रेग्मीले त्यसबेला स्याङ्जामा पार्टीको आन्तरिक जीवनभित्र देखिएका समस्या सुल्झाउनुभएको थियो । उहाँ पार्टीप्रति समर्पित मेरो अनन्य मित्र हुनुहुन्थ्यो ।”

कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङले जन्मदिने मातापिता, कर्म दिने धर्ती र ज्ञान दिने गुरु भगवान् सरह हुन्छ भन्ने मान्यताअनुरूप रेग्मी आफूहरूको पूजनीय गुरु रहेको स्मरण गरे । “राजनीतिमा आँधीबेहरी चल्दा पनि त्यसलाई छिचोलेर अघि बढ्नुपर्छ भन्ने ज्ञान र प्रेरणा उहाँबाट प्राप्त भएको हो”, गुरुङले भने ।

उपसभापति गुरुङले आफूले राजनीतिमा देश र जनताप्रति गर्नुपर्ने कर्तव्य पालना,  गन्तव्य र लक्ष्य प्राप्तिका लागि अविरल अघि बढ्ने शिक्षा स्व रेग्मीबाटै प्राप्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस