काठमाडौँ। गएरातीको अविरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका-४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरुद्ध भएको हो ।
बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिमतर्फ पर्ने सो क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ। सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सवारीहरू रोकिएका छन्।
पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।