६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै क्षेत्रको समन्वयमा मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिछ : गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । 

आज सिंहदरवारमा भएको छलफलमा गृहमन्त्री लेखकले सरकारी, सुरक्षा, निजी क्षेत्रसँग भएको क्षमता, जनशक्ति तथा ज्ञान सीप जोडेर मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताए । 

गृह मन्त्रालयले सबै निकायबीच एकीकृत र समन्वयको अवधारणा लिएको उनले जानकारी दिए । छलफलमा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज, हिमाली समुदाय जलवायु मैत्री सङ्गठन, हिमालयन उद्धार संघ नेपाल, पर्वतारोहण सञ्चालक संघ नेपाल, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतारोहण संघका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो ।  

छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी ई। दिनेश भट्टले सबै निकायको एकीकृत प्रयासबाट विपद्का कारण हुने क्षति न्यूनीकरण गर्न प्राधिकरणले विभिन्न संघ संस्थासँग छलफल गरिरहेको जानकारी दिए । 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा यी निकायको भूमिका, दक्षता, उपलब्ध जनशक्ति एवं सामग्रीको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छलफल आयोजना गरेको हो ।

छलफलमा तीनै सुरक्षा निकायका विपद् शाखाका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस