१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ’: मुख्यमन्त्री कार्की

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य संयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो-७’ कार्यक्रमको आज उद्घाटन गर्दै उनले विपद्जन्य घटना र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सहयोग र सहकार्यसहित एकीकृत प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले विपद् न्यूनीकरण, उद्धार, राहत वितरणका क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको भूमिका महत्त्वपूर्ण रहेकाले सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । उनले यस वर्ष औषत वर्षा बढी हुने मौसम विज्ञहरूको भनाइ उद्धृत गर्दै मनसुन सुरु हुनुअघि नै कोशी प्रदेशका केही ठाउँमा विपद्का घटनाहरू देखिएकाले त्यसतर्फ स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार निकायका बीच समन्वय हुनुपर्नेमा जोड दिए ।

विराटनगर विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर राख्ने व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक वर्षअघि पत्राचार गरे पनि अझैसम्म अनुमति प्राप्त नभएकामा दुःख व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा ढिलासुस्ती हुँदा अपूरणीय क्षति व्यहोर्नु परेकोतर्फ सम्बद्ध निकायको ध्यान जाओस् भने ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार विपद्जन्य घटनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न गम्भीर रहेको बताउँदै उनले चालु आर्थिक वर्षमा विपद् जोखिम न्यूनीकरण गर्न रु. एक करोड ५० लाख बजेट विनियोजन गरेको र आगामी वर्ष बजेट थप गरिने प्रतिबद्धता व्यक्त गरे । प्रदेशमा विपद्का दृष्टिले जोखिम क्षेत्रहरूको नाप–नक्सासहित पहिचान भइसकेका जानकारी दिँदै जोखिम हुने त्यस्ता ठाउँमा कार्यगत योजना बनाई क्षति न्यूनीकरणका पक्षमा सरकार जुटेको बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित विपद् व्यवस्थापनसम्बन्धी दुई दिने सो अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारीसमेत गरी ९० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस