काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरव्याज पीडितको समस्या राज्यले गिजोलिरहेको आरोप लगाएकी छन् ।
उनले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आयोगमाथि आयोग थपिएको र पीडितले भेट्न जाँदा सिंहदरबारमा छिर्नसमेत नदिएको टिप्पणी गरिन् ।
उनले भनिन, “आफ्नो पार्टीको साहु तथा महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ । मिटरव्याजमा गृहमन्त्री, मन्त्री, सांसद, नेताको भाग छ भन्ने शंका हुने गरी काम नगरौँ, मिटरव्याजपीडितलाई न्याय चाहियो ।”