काठमाडौँ। सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
विष्टले अनधिकृत रूपमा पत्र लेख्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए । त्यसपछि उक्त पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका थिए ।
उक्त पत्रपछि प्रहरीले रमेशलाई पक्राउ गरेर कारागार समेत पुर्याएको थियो । उक्त पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए । विष्ट भने पत्र लेखेको आरोपमा पक्राउ परेका थिए ।