३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० दिनको हिरासतपछि बुधबार रिहा भए रवीन्द्र मिश्र

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनको हिरासतपछि बुधबार रिहा भएका छन्। गत चैत १५ मा तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका तीन कसुरमा अनुसन्धान गरेको थियो। आठ पटक म्याद थप्दा पनि हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। बुधबार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दियो।

हिरासतबाट निस्कँदा मिश्रले पत्रकारसँग कुरा गर्दै मुद्दा अझै बाँकी रहेको र धेरै खुसी नहुने बताए। उनले भने, “चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्छु। यो मबाट योजनाबद्ध भएको होइन। ठूलो आन्दोलनमा भीड नियन्त्रणबाहिर जान्छ। म हाजिरी जमानीमा छुटेको हुँ, तर मुद्दा बाँकी छ। राज्य म विरुद्ध लागेको स्पष्ट छ। म न्यायका लागि लडिरहन्छु।”

मिश्रले आफूलाई साथ दिने सबैप्रति आभार व्यक्त गर्दै राजसंस्था पुन:स्थापनाका लागि काम गरेको स्वीकारे। तर, सङ्गठित अपराध वा राज्यविरुद्धको कसुर नगरेको जिकिर गरे। उनले बन्दी प्रत्यक्षीकरणको रिट ४८औँ दिनमा दायर गरेको र कानुन व्यवसायीहरूले नि:शुल्क बहस गरेकोमा धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस