काठमाडौँ । १३ जना उपसचिवहरूको सरुवा भएको छ । न्याय सेवा आयोगले न्याय समूह, कानुन समूह, सरकारी वकिल समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको सरुवा गरेको हो ।
आयोगको शुक्रवारको निर्णय अनुसार सर्वोच्च अदालत, जिल्ला अदालत तथा विभिन्न मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

