काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जारी गरी खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको हो ।
कम्पनीले आन्तरिकतर्फ व्यवस्थापक (तह ९), सह व्यवस्थापक (तह ८), नायव व्यवस्थापक (तह ७), सहायक व्यवस्थापक (तह ६) र सहायक ‘क’ (तह ५) पदका लागि विज्ञापन खुलेको छ । तह ९ र तह ६ मा एक–एक तथा अन्य पदमा २-२ जनाका लागि दरखास्त आह्वान भएको छ ।
यस्तै, खुला प्रतियोगितातर्फ पनि नवौं तहको व्यवस्थापक पदमा मधेशी समूहबाट एक जनाका लागि र आठौं तहको सह व्यवस्थापक पदमा खुला र दलित समूहबाट एक–एक जनाका लागि विज्ञापन खुलेको छ ।
यस्तैगरी, आठौं तहमै चार्टर्ड एकाउन्टेन्ट, सातौं तहको नायव व्यवस्थापक, सातौं तहको कानुन अधिकृत, छैटौं तहको सहायक व्यवस्थापक, पाँचौं तहको सहायक ‘क’ र चौथो तहको सहायक ‘ख’ पदमा विज्ञापन खुलेको छ ।
कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि ११ औं देखि पाँचौ तहसम्मका विभिन्न पदहरूमा पनि दरखास्त आह्वान भएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाट जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर जेठ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :
