काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
विभागबाट काँग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति लिएका छन् ।
महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् ।
अहिले आरोहीहरू धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन् । बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए ।