१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिशिर खनालको टिप्पणी-‘ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भयो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

जापानको एक पत्रिकाले ‘एक्स्पोमा सहभागी मुलुकहरूमध्ये नेपाल एक मात्र त्यस्तो देश हो जसले अझै आफ्नो प्रदर्शनी कक्ष खोलेको छैन र निर्माण कार्य जनवरीदेखि रोकिएको छ’ भनेर समाचार लेखेको भन्दै खनालले सरकारको ध्यानाकर्षण गराए ।

जापानका सञ्चारमाध्यमहरूमा नेपालको लाजमर्दो अवस्थाबारे समाचार प्रकाशित भएको भन्दै उनले यसबाट नेपालको राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुगेको बताए ।

‘समाचारहरूका अनुसार, नेपालले बनाउनु पर्ने पेभेलियन निर्माण कार्य समयमा सम्पन्न हुन नसकेर अलपत्र परेको छ’ पूर्वमन्त्री समेत रहेका खनालले भने, ‘भुक्तानी विवाद र सरकारी अकर्मण्यताका कारण निर्माण रोकिएको खबरले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको छ ।’

जापानको ओसाकामा ‘ओसाका वर्ल्ड एक्स्पो २०२५’ आयोजना भइरहेको छ । त्यहाँ विश्वका १६० भन्दा बढी राष्ट्रहरूले आ-आफ्नो पहिचान, प्रगति र सम्भावनाहरू प्रदर्शन गरिरहेका छन् ।

करिब २ करोड ८० लाखभन्दा बढी व्यक्तिहरूले भ्रमण गर्ने अपेक्षा गरिएको उक्त एक्स्पो सन् २०२५ अप्रिल १३ देखि अक्टोबर १३ सम्म चल्नेछ ।

यति महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानीका अवसरहरू प्रस्तुत गरेर विश्वको ध्यानाकर्षण गर्ने सुनौलो अवसर भए पनि त्यस्तो हुन नसकेको उनले बताए ।

यस्तो संवेदनशील विषयमा नेपाल सरकारको तुरुन्त ध्यान जानुपर्ने खनालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस