काठमाडौँ । समयमै गभर्नर नियुक्त गर्न नसकेको विषयमा सांसदहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई नै गभर्नर बनाउन किन नसकेको भनेर प्रश्न गरेका हुन् ।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि वरिष्ठताको आधारमा नेपाल राष्ट्र बैंककी निलम ढुंगाना हाल डेपुटी गभर्नरको जिम्मेवारीमा छिन् ।
सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा समिति गठन गरेको छ ।
यसै सन्दर्भमा सांसद सिंहले प्रश्न गरे, ‘डेपुटी गभर्नरलाई महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ?’
गभर्नर जस्तो पदमा राजनीतिक दलको भागबण्डा हुनु गलत रहेको उनले बताए । उनले पार्टीका कार्यकर्तालाई लैजाने प्रवृत्ति बसाल्न नहुने सुझाए । अन्यथा, गलत अभ्यास स्थापित हुनसक्ने उनको भनाइ छ ।