काठमाडौँ । नेपाल टेलिकमले लाङटाङ-क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ ।
काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरूसँग साटासाट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
समुद्री सतहबाट करिब ३,८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।