३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाका तीन नेताले दिए राजीनामा

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जनाले पार्टी परित्याग गरेका छन् । 

मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरूले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।

त्यस्तै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला सल्लाहकार तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा उपमेयर उम्मेदवार बनेकी विनीता गुप्ताले पनि पार्टी परित्याग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले यथास्थितिवादीमा पार्टी चलेको बताए । उनले पछिल्लो समय राजनीतिक पार्टीहरूप्रति जनताको विश्वास घटेको अवस्थामा पनि नेतृत्व वर्गले जनताको गुनासो बुझ्न नसकेको बताए ।

राजनीतिक दलमा युवाहरूलाई उचित स्थान नदिइएको उनको गुनासो छ ।

‘८ वर्षसम्म राप्रपामा रहेर काम गरेको हुँ, तर अब पार्टीमा रहेर काम गर्न सक्ने अवस्था छैन, जहाँ सम्मान हुँदैन, त्यहाँ बस्नुको औचित्य हुँदैन । अबदेखि स्वतन्त्र रूपमा जनताको सेवा गर्छु’, गुप्ताले भने । तत्काल कुनै पार्टी जाने निर्णय नगरेको उनले स्पष्ट पारे ।

रुपन्देहीमा क्षेत्र नम्बर ३ राप्रपा नेता दीपक बोहराको निधन भएपछि पार्टीभित्र टिकटको आन्तरिक रूपमा नेताहरू टिकट ल्याउने तयारी गरेका छन् । टिकट नपाउने संकेत पाएपछि राजीनामा दिएको भन्ने प्रश्नमा उनले टिकटको दौडमा आफू नभएको, तर पार्टीभित्र काम गर्ने वातावरण नभएपछि छोडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस