काठमाडौँ । पोखरास्थित पृथ्वीनारायण क्याम्पसले जातीय विभेद र अपमानजनक टिप्पणी गरेको आरोपमा प्राध्यापक डा. देवीलाल शर्मालाई अनुसन्धान विभाग प्रमुखको पदबाट हटाएको छ।
शर्मामाथि एमबीए अध्ययनरत एक विद्यार्थीलाई ‘तँ कुन जातको हो’ भन्दै जात जनाइस आरोपमा जातीय गाली गलौज गरेको गम्भीर आरोप लागेको थियो। घटनापछि विद्यार्थीहरूले घटनाबारे सार्वजनिक गर्दै क्याम्पस प्रशासनसँग औपचारिक उजुरी दिएका थिए।
हेर्नुहोस् विद्यार्थीहरूको संगठनले दिएको उजुरी:



क्याम्पस प्रशासनले प्रारम्भिक छानबिनपछि शर्मालाई अनुसन्धान विभाग प्रमुखबाट हटाउने निर्णय गरेको हो। क्याम्पसले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धान निष्पक्ष बनाउनका लागि उनलाई पदमुक्त गरिएको जनाएको छ।
पदमुक्त गरिएको पत्र :
