३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलनलाई भड्काउने काम नगर्न कमल थापाको चेतावनी

अ+ अ-

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।

‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्म परिवर्तनको विरुद्धमा छौँ, देशको समृद्धि र प्रगति चाहन्छौँ ।’

संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको चेतावनी छ । त्यस्तो दुष्प्रयास भए असजिलो परिस्थिति निर्माण हुने थापाले बताएका छन् ।

‘हामी राष्ट्रियता बलियो बनाउन चाहन्छौँ । प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदै छ । त्यो चिर्दै अघि बढ्छौँ,’ अध्यक्ष थापाले भने, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ । दमन गर्न तर्फ अग्रसर भई जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुनेछ ।’

राजावादी पार्टी र संघसंस्थाहरूले आगामी १५ जेठबाट संयुक्त रूपमा आन्दोलन अघि बढाउने घोषणा गरेका छन् । त्यसको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन थापाले कार्यकर्तालाई निर्देशनसमेत दिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत समेत गरे ।यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस