३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला टी–२० विश्वकप छनोटमा नेपाल हङकङसँग पराजित

अ+ अ-

काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस) का आधारमा सात विकेटले पराजित भयो ।

जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गरेको हो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेल पाँच ओभरमा झारिएको थियो ।

हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन् । बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिइन् ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २९ रन बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान इन्दु बर्मा नौ रन बनाइन् । बलिङमा हङकङका लागि तीनै विकेट एलिसन सिउले लिइन्।

यसअघि नेपाल र हङकङको खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल दोस्रो खेलमा बहराइनसँग नौ विकेटले पराजित भएको थियो । हङकङले बहराइनसँग पनि अंक बाँडेको थियो ।

जितसँगै तीन खेलबाट चार अंक बनाएको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक बनाएको नेपाल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस