३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारविरुद्ध अभियान आवश्यक’- नारायणकाजी श्रेष्ठ

अ+ अ-

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध अभियान सञ्चालनको आवश्यकता औँल्याएका छन् । उनले सरकारले भ्रष्टाचार विरुद्धको अभियान नचलाउँदासम्म देशमा सुशासन सम्भव नहुने स्पष्ट पारे । 

प्रेस सेन्टर नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा पत्रकार भेटघाट आयोजना गरेको थियो । सो पत्रकार भेटघाटमा उनले वर्तमान अवस्थामा राष्ट्रिय एकता बलियो बनाउनु, लोकतन्त्रको रक्षा गर्नु, शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेर देशमा सामाजिक र आर्थिक परिवर्तनको रूपान्तरण गर्नु प्रमुख काम भएको उल्लेख गरे । देशमा राजनीतिक अधिकार प्राप्त भए पनि नागरिकको जीवन फेर्ने गरी परिवर्तन हुनुपर्ने उनको भनाइ छ । 

उनले देशमा सामाजिक एवं आर्थिक रूपान्तरण बिना विकास र समृद्धि प्राप्त हुन नसक्ने टिप्पणी गरे । प्रतिगामी शक्तिलाई चेतावनी दिँदै सुशासन र समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । “मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौँ र सरकार बनाउछौँ, त्यही मिसन पूरा गर्न गाउँगाउँमा पुगेर अभियान सञ्चालन गर्न थालेका छौँ,” उनले भने।

प्रतिक्रिया दिनुहोस