काठमाडौँ । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।
मंगलबार बिहान ललितपुर महानगरपालिका प्रांगणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो। महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन्।
०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।
जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ । उनको स्मृतिमा बनाइएको यो शालिक ललितपुरको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ।